जनकपुरधाम। धनुषाको लक्ष्मीनिया गाउँपालिकाको नेकपा  एमालेबाट अध्यक्ष पदको उम्मेदवार अजय यादवले स्थानीयवासीसँग घरदौलो  गरेका छ्न्।

शुक्रबार घरदैलो अभियान अन्तर्गत लक्ष्मीनिया गाउंपालिका- ७ कुमहरौडा र  भगवतीपुर  गाउँमा घरदैलो अभियानको क्रममा स्थानीयवासीसँग कुराकानी गदै अध्यक्ष पदका उम्मेदवार यादवले समृद्ध विकासका लागि दिर्घकालिन योजना मसँग रहेको बताएका हुन् ।

उनले आफुले उम्मेदवारी दिनुपरेका कारण बताउँदै भने, ‘ग्रामिणको समृद्ध विकासका लागि आफुले गरेको परिकल्पना गरेको र सो अनुसार स्वास्थ्य, शिक्षा, कृषि, रोजगार, विकास निर्माण, यूवा लक्षित खेलकुदलगायतका विभिन्न सृजनात्मक तथा रचनात्मक कार्यक्रम प्राथमिकीकरण सहित दिर्घकालिन योजना रहेकाले आफुलाई स्थानीय जनताले निर्वाचित गर्नेमा आफु ढुक्क रहेको छु ।’

बालबालिकालाई विद्यालयमा पढ्नका लागि वातावरण समेत निर्माणका लागि अभियान संचालन गर्ने विद्यालयको सुधार गरिने,बालमैत्री,अपांग मैत्री,अभिभावक मैत्रीपूर्ण शिक्षालयको वातावरणाकुुलित बनाइने उनको योजना रहेको छ ।

सो  घरदैलोको क्रममा मतदातासंग भने ‘मलाई गाउँपालिकाको विकास कसरी गर्न सकिन्छ म संग खाका छ, त्यसैले मलाई एक पटक अवसर दिएर हेर्नुस् ।’