काठमाडौँ : सुर्खेतमा चुनावको प्रचारमा प्रयोग गर्ने दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ।

जिल्लाको वीरेन्द्रनगर–६ मा पर्ने जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकि राखेका दुई वटा गाडीमा अज्ञात समूहले गएराती आगजनी गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बा १४ च ६८३१ नम्बरको स्कर्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको हो।

प्रहरीका अनुसार स्कार्पियो नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो।

२ बजे स्कार्पियो र साढे २ बजे मिनीबसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ।

आगलागीबाट स्कर्पियोको टायर र बाहिरी बडीमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।