जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका–२ का जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार रामचन्द्र पञ्जियारले घरदौलो कार्यक्रमलाई तीव्र बनाएको छ ।

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा उनलाई जसपाले वडा २ मा वडाध्यक्षको टिकट दिएको छ । वडा २ को घर–घरमा उनी पुगि उनी छाता छापमा मत हाल्न आग्रह गर्दै हिडेका छन् ।

जसपालाई जिताए पछि मधेशी शहीदको सम्मान हुने वडाध्यक्ष पञ्जियारले बताए । उनले वडामा रहेका अपाङ्ग, दलित, विपन्न वर्गको एक युनिट देखी ५० युनिट सम्मको बिजुली विल स्वयंले भुक्तानी गर्ने, आफनो

बिजयी भएपछि वडामा दुई वटा डिलक्स ट्वाइलेट बनाउने, वडा दुईलाई हराभरा बनाउने लगायतका प्रतिवद्धता व्यक्त गर्दै मत माग्दै हिडेका छन् ।

वडाबासीहरुले आपूलाई बिजयी बनाउने विश्वास व्यक्त गर्दै उम्मेदवार पञ्जियारले भ्रष्टाचार निवारण देखि लिएर वडामा रहेका विद्यमान समस्या समाधान गर्ने वचनबद्धता समेत प्रगट गरेका थिए ।