सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ५ निवासी राम सुन्दर महतोको हत्या गरी फरार रहेको प्रतिवादीलाई सप्तरीको बोदे बर्साईनबाट प्रहरीले पक्राउ गरेका छन ।

रुपनी गाउँपालिका वडा नम्बर १ निवासी मो.नाजिर मिँयाले हत्या गरी फरार रहेको अवस्थामा सप्तरीको बोदे वरसाईन वडा नम्बर ५ स्थित लुकी छिपी बसिरहेका अबस्थामा ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक सुरेश पालको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

मो.नाजिर मिया २०७८ असोज ९ गते शम्भुनाथ नगरपालिका स्थित पोखरीको डिलमा महतोको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जानकारी दिए ।

अभियुक्त मिया २०७४ सालमा समेत गोइत समूहका पर्चा र पेस्तोल सहित पक्राउ गरेको थियो ।

प्रतिवादी मो.नाजिर मियाँ तत्कालिन जनतान्त्रिक तराई मुक्ती मोर्चा गोईत समुहमा आबद्ध रही बिभिन्न निर्माण कम्पनीका ठेकदार तथा धनाढ्य ब्यक्तीहरुलाई फोन गरी धम्काई चन्दा असुली गर्ने,अबैध लागु औषध ब्यापार गर्ने,लुकाई छिपाई हतियार साथमा बोकी हिड्ने जनमानसमा डर त्रासको बाताबरण सृजना गर्ने अपराधिक समुहका ब्यक्ती सप्तरी प्रहरीले जनाएको छ ।