काठमाडौं

धनगढी : नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरीले चढ्दै आएको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिएका छन्।

उनी चढ्दै आएको सरकारी गाडीमा पार्टीको झन्डा टाँगिएको देखेपछि स्थानीयले शनिबार राति करिब ९ बजेतिर नियन्त्रणमा लिएका हुन्।

निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै प्रदेश सांसद चौधरी सवार से१झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका १९ जे गाउँबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीले उक्त गाडी बहुलिया प्रहरी चौकीमा राखिएको बताएका छन्। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।