उमेश कुमार साह

बोदे बर्साईन , बैशाख २५ – सप्तरी जिल्लाको बोदे बर्साईन नगरपालिका वडा नं १० मा स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छlसबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छनl
बोदे बर्साईन नगरपालिका वडा नं १० नेकपा एमाले बाट वडाध्यक्ष पदका उमेदवार भोला प्रसाद सेठ जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन्
उनलाई विजयी बनाउन वडाका जनता साथ र समर्थन दिदै आएका छन्l नेकपा एमाले निकट नेता वडाध्यक्ष पदका उमेदवार भोला प्रसाद सेठलाई वडाध्यक्ष बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् l
सेठ यो पालि वडाध्यक्ष पदमा आफूलाई जनताले जिताउने भन्दै उमेदवारी दर्ता गराएका थिए। वडाध्यक्ष पदका उम्मेदवार सेठ घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् l
सेठलाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । वडाध्यक्ष पदका उम्मेदवार सेठ आफूलाई जनताले विजयी बनाए वडाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए l सेठ वडावासि माझ लोकप्रिय बन्दै गएका छन् l