जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर पदका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का  लालकिशोर साहले घरदौलो कार्यक्रमलाई तीव्रता बनाएको छ ।

सोमबार उपमहानगरपालिकाको – १६ का वडाध्यक्षको उम्मेदवार तुलसी पञ्जियारले  जसपा कार्यकर्ताहरु शक्ति प्रदर्शन गरेका थिए ।

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा उनलाई जसपाले मेयर पदमा  टिकट दिएको छ । वडा १६  को घर–घरमा उनी पुगि उनी छाता छापमा मत हाल्न आग्रह गर्दै हिडेका छन् ।

साह घरदैलोको क्रममा जनताले झन उत्साह थपेको छ । जनताको अपेक्षालाई आत्मसाथ गरी काम गर्छु । मेरो लागि जनता नै ठूलो हो ।’

पछिल्लो समय प्रविधिको विकाससँगै गाउँगाउँमा नागरिकहरुको चेतना स्तरमा वृद्धि भएको छ । जसका कारण नागरिकहरुले मत कसलाई दिने भन्ने कुरा छुट्याउन सक्छन् ।

अझ प्राविधिक शिक्षाको केन्द्रको रूपमा विकास गर्ने मेरो पहिलो प्राथमिकता छ, साह भन्छन्, म आफ्नो अनुभव नगरको विकासमा लगाउने छु ।