काठमाडौं

दार्चुला : दार्चुलाको दुहु गाउँपालिका-५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी एमालेबाट वडा अध्यक्षका उमेदवार बनेका मानसिंह बडाल घाइते भएका छन्।

उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरीले जनाएको छ। मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा गठबन्धनका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच झडप भएको थियो।

सत्ता गठबन्धनका कार्यकर्ताहरूले वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, विरेन्द्र महरा, लालसिंह महरालगायतलाई कुटपिट गरी घाइते बनाएको एमालेको आरोप छ।