जनकपुरधाम, जेठ १ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा दिपनारायण यादवले १ हजार १४३ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लभकुमार अधिकारीले ५४१ मत ल्याएका छन् ।

यस्तै सदस्यहरुमा मतिया देवी सादा मुसहर १ हजार १२२, शारदा पंत १ हजार ११९, विजय कुमार साह ९५६ र मनोज कुमार पुर्वे ९२० मत ल्याएर विजयी भएका हुन् ।