चितवन । सबैको चासोको केन्द्रविन्दू बनेको भरतपुर महानगरपालिकामा नेकपा (एमाले)का विजय सुवेदीले अग्रता कायम गरेका छन् ।

सुवेदीले माओवादी केन्द्रकी रेणु दाहाललाई ५८ मतान्तरले पछि पार्दै अग्रतालाई निरन्तरता दिएका हुन् ।

१३ हजार ९३० मत गणना हुँदा एमालेका सुवेदीले ४,७२७ मत प्राप्त गरेका छन्, भने माओवादी केन्द्रकी रेणुले ४,६६९ प्राप्त गरेकी छन् ।

त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले २,११४ मत प्राप्त गरेका छन् ।यता महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५,५५७ मत प्राप्त गरेका छन्, भने राप्रपाकी हिमला गुरुङले ३,७६४ मत प्राप्त गरेकी छन् ।