जनकपुरधाम : धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका दिपीन देव निर्वाचित भएका छन्। यादव ३ हजार १ सय ५७ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७७८ मत ल्याए।

उपाध्यक्षमा कांग्रेसकी कमला सहगल निर्वाचित भएकी छन्। उनले २ हजार ९ सय ९८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी गीता सुडीले २ हजार ८ सय ४० मत ल्याए।