जनकपुरधाम :  जनमत पार्टीका पहिलो उम्मेदवारले मेयरमा जित हासिल गरेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका मेयर विरेन्द्र माझीले जनता समाजवादी पार्टीका उम्मेदवार शैलेश कुमार साहलाई पराजित गरेका हुन् ।

माझीले साहलाई १६१ मतले हराएका छन् । माझीले ६ हजार ४०७ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी साहले ६ हजार २४६ मत ल्याए ।

पराजित भएका साह मधेस प्रदेश सरकारका मन्त्री नवल किशोर साहका छोरा हुन् भने २०७४ को निर्वाचनमा मेयरमा जितेका थिए । मन्त्री साह प्रदेश सरकारकै सबैभन्दा बढि भ्रष्टमन्त्रीको रहेको प्रदेश सरकार भित्रै आलोचना हुन्छ ।

समाजिक मन्त्री साहको भ्रष्टाचारको प्रत्यक्ष प्रभाव उनकै गृह पालिकामा परेको चर्चाछ । प्रदेशको समाजिक मन्त्री साह रहेपनि उनका कान्छा छोरा सुमित साहले मन्त्रालयको सम्पूर्ण कामकाज हेर्दै आएका छन् । सप्तरी जसपाको किल्ला मानिएपनि परिवारवाद र भ्रष्टारामा लिप्त मन्त्री साहका कारण गृह पालिकामा समेत आप्mनो जनआधार जोगाउन सकेको छैन् ।

कान्छो छोराले मन्त्रालय भित्र कमिसनको आतंक नै मच्चाएका छन्, भने मन्त्री साहले आप्mनै छोरालाई समेत जिताउन नसक्नु जसपाको लागि ठूलो असफलता रहेको जनचर्चा छ ।

यस्तै उपप्रमुखमा जसपाकी सरिता देवी यादव सिपालिया निर्वाचित भएकी हुन् । उनले जनमत पार्टीकी रेखा देवी मण्डललाई पराजित गरेकी छन् ।