जनकपुरधाम।  धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

जसपाका जय कुमार यादव अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

उनले ५ हजार ४१० मत ल्याएर निर्वाचित भएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामवावु यादवले २ हजार ४५५ मत ल्याए ।

यस्तै उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएकी छन् ।

उनले ४ हजार ४१४ मत ल्याएर निर्वाचित भएकी छन् भने उनको निकटतम प्रतिद्वन्दी कांग्रेसकी अनिता कुमारी ३ हजार १५२ मत ल्याइन् ।

अन्य पालिकामा मतगणना जारी छ ।