जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा जसपा र कांग्रेसका उम्मेदबार विजयी भएका छन् ।

मेयरमा जसपाका दिनेश प्रसाद यादव र उप मेयरमा कांग्रेसकी सुनिता कुमारी सिंह निर्वाचित भएका छन् ।

५ हजार ७ सय ४३ मत ल्याएर दिनेश निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुधिर कुमार गोइत ४ हजार १०५ मत ल्याएका थिए ।

त्यस्तै  उपमेयरमा सुनिताले ४ हजार ९ सय ३१ मत ल्याएर निर्वाचित हुँदा जसपाकी लक्ष्मिनिया कुमारी मण्डल ४ हजार ७९१ मत प्राप्त गरेकी छन् ।