जनकपुरधाम । जनकपुरधाममा मतगणनाको परिणाम अनुसार जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ९ बाट वडामा कांग्रेसका उम्मेदवार प्रमेश्वर साहले ३ सय ५६ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपाल (जसपा)का  वडाअध्यक्ष पदका उम्मेदवार बलिराम साहले ३ सय १७ मत प्राप्त गरे ।

यस्तै प्रमेश्वर साहसंग ३९ मतको झिनो मतान्तरले जसपा उम्मेदवार बलिराम साहले पराजित भएका छन् ।