नरेशचन्द्र बरबरिया सिरहा,जेष्ठ ६ गते ।

सिरहा नगरपालिका वडा नम्बर १७ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उमेश प्रसाद यादव प्यानलसहित विजयी भएका छन् ।

वडा अध्यक्षमा निर्वाचित यादव पाँच सय ८२ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका महेन्द्र प्रसाद मगरदैता यादवले २३६ मत प्राप्त गरेका छन । भने सोही वडामा स्वतन्त्र उम्मेदवार कैलाश कुमार यादवले पनि २३६ मत ल्याएका छन।

स्थानीय संग बुझदा सिरहा नगरपालिकाको वडा न.१७ मा उमेश प्रसाद यादव जसतो प्रतिनिधिको नै खाचो थियो अहिके पूरा भयो जनताको बिकासमा लागि पर्ने व्यक्तिको रुपमा यादवलाई चिनिन्छ ।

जनताको अपार माया,प्रेम,साथ सहयोग पाएपछी उनि विजयी हासिल गरेका छन ।

वडा अध्यक्ष यादव सहित सदस्यहरुमा उमेशचन्द्र बरबरीया यादव , संजीव कुमार साह , दौलेतदेवी यादव , संगीता कुमारी पासवान लगायत प्यानल सहित भारी मतले विजयी हासिल गरेका छन ।