महोत्तरी । बलवा नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टीको राम बिजय महतो(मुखिया जी) विजयी भएका छन् । महतो मेयरमा १ हजार १ सय १३ मताले विजय भएको छ । उनले ५७८३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विनोद कुमार यादवले ४ हजार ६ सय ७० मत प्राप्त गरी पराजित भएका छन् ।