जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको छोरा अमरेन्द्र यादव विराटनगर महानगरपालिकाको उपमेयरमा पराजित भएका छन् ।

गठबन्धनमा  नेपाली कांग्रेससंग गरेर चुनाव लड्दा पनि उपेन्द्र यादवका छोरा अमरेन्द्र पराजित भए । उनलाई हराएर एमालेकी शिल्पा निराला कार्की विजयी भएकी छन् ।

कार्कीले २५ हजार ६ सय ८० मत ल्याएकी छन् । जबकी अमरेन्द्र यादवले मात्र १४ हजार २ सय १९ मत ल्याएका  छन् । अमरेन्द्र झण्डै ११ हजार मतान्तरले पराजित भएका हुन् ।

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन्