जनकपुरधाम । भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर थप बढाएकी छिन् । उनले शनिबार बिहानसम्म ५ हजार १८ को मतान्तर बनाएकी हुन् ।

भरतपुर महानगरपालिकाको ६९ हजार ६ सय १२ मत गणना गर्दा दाहालले २७ हजार ७८ तथा एमालेका विजय सुवेदीले २२ हजार ६० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत पाएका छन् । रेनुको मतान्तर बढेसँगै एमालेलाई धक्का लागेको छ ।