जनकपुरधाम । धनुषा जिल्लाको  मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजय भएका छन्।

नेकपा एमालेकाले उम्मेदवार अनिल कुमार यादवलाई २ सय  १० मतान्तरले हराउँदै मेयरमा कांग्रेसका राजेन्द्र प्रसाद यादव विजय भएका हुन्।

राजेन्द्रले ४हजार ३ सय ४ मत प्राप्त गरि विजय हुँदा उनका निकटतम प्रतिद्धन्दी निवर्तमान मेयरसमेत रहेका अनिलले ४ हजार  ९४ मत प्राप्त गरे ।

मिथिला विहारी एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठको गृह पालिका हो।

निकै दौडधुप र चुनावी प्रचार गरे पनि यहाँ १० मध्ये एमालेले एउटा वडामा समेत जित्न सकेनन्।

त्यस्तै  नेपाली कांग्रेसका उम्मेदवार परमेश्वर साह वडाध्यक्षमा विजयी भएका छन्। मिथिला विहारीको उपमेयरमा भने नेकपा माओवादीकी शोभादेवी साह विजय भइन्।

उनले ३ हजार ३ सय ३० मत ल्याउँदा उनकी निकटतम प्रतिद्धन्दी नेकपा एकीकृत समाजवादीकी अनिता कुमारीले २ हजार ७ सय ९७ मत ल्याइन्।