महोत्तरी :  महोत्तरी जिल्लाको   पिपरा गाउँपालिकाको  नवनिर्वाचित  जनप्रतिनिधिहरुलाई शनिबार प्रमाणपत्र बितरण गरिएको छ।

गाउँपालिकाको  एक कार्यक्रमका विच निर्वाचन अधिकृत यादव प्रसाद पौडेलको साथबाट प्रमाणपत्र बितरण गरेको हो।

निर्वाचन अधिकृत यादब प्रसाद पौडेलले नवनिर्वाचित गाउँपालिका अध्यक्ष रामजानकी यादव , उपाध्यक्ष बन्दना पाण्डे सहित ७ वटा  वडाका वडा अध्यक्ष र वडासदस्यलाई प्रमाणपत्र वितरण गरिएको हो।

प्रमाण पत्र वितरण कार्यक्रममा निर्वाचन अधिकृत पौडेलले भने अबको पाँच वर्षसम्म जनताको सेवामा सर्मपित हुन निर्वाचित जनप्रतिनिधीलाई सुझाव दिए।

सो पालिकामा दोब्बर मत प्राप्त गरेर  जनता समाजबादी पार्टी नेपालका यादव गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन्।

त्यस्तै  उपप्रमुखमा जनता समाजवादी पार्टीकी  बन्दना पाण्डे ५ हजार ४० मत प्राप्त गरेर निर्वाचित भएकी  छिन्।