महोत्तरी  । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालले विजयी हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार अबेर शनिबार बेलुका  सम्पन्न  भएकाे मतगणना परिणाम अनुसार जलेश्वरको प्रमुखमा जसपा नेपालका सुरेश साह सोनारले सात हजार ३ सय ४ मत ल्याएर विजयी  प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका रामशंकर मिश्रले पाँच हजार ४ हजार ३० मत ल्याएका छन्।

त्यसैगरी,जलेश्वरको उपमेयरमा पनि जसपा नेपालकै रौशन खातुनले पाँच हजार ८ सय २१ मत ल्याएर विजयी  प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की मुनचुन देवीले चार हजार ८ सय ९३ मत प्राप्त गरिन् ।

स्थानीय तहको सम्पन्न निर्वाचनमा जलेश्वरका १२ वडामध्ये जसपा नेपालले प्रमुख, उपमेयरसहित पाँच वडामा विजयी प्राप्त गरेको थियो भने एमालेले ६ वडा जितेको थियो ।

त्यस्तै,वडामा नेकपा (एकीकृत समाजवादी)ले जित हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।