जनकपुरधाम । त्रिभुवन  विश्वविद्यालयका पूर्व विभागीय प्रमुख परमेश्वर कापडी स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा एक मत पाएका छन् ।

धनुषाको हंसपुर नगरपालिका – २ बाट उम्मेदवार बनेका कापडीले एक मत मात्र पाएका छन् । उम्मेदवारी दर्ता गर्दा उनले एक जना प्रस्तावक र एक जना समर्थक लगेका थिए।

प्रचार प्रसारमा लागेका समर्थक खटिएका थिए। भने  चुनाव हुँदा भने प्रस्तावक र समर्थकको पनि भोट पाएनन्।

वडा नम्बर- २ का  नेपाली कांग्रेसका जयनारायण कापडी एक हजार १ सय ७५ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्दी  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उदयकुमार साहले ५ सय २४ मत ल्याए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका परमेश्वर कापडीले  मात्र  १ मत ल्याए । मैथिली अभियानमा संलग्न कापडी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मैथिली विभागका पूर्व विभागीय प्रमुख  हुन्। पदबाट  अवकास लिएपछि उनी सामाजिक काममा संलग्न हुँदै आएका छन् ।