जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहको  अग्रता कायमै राहेका छन् ।

पछिल्लो मतगणना परिणाम अनुसार मनोज साह आफ्ना निकटतम प्रतिद्वन्दी  भन्दा २ हजार १ सय ७० मतले अगाडि छन् ।

उनलाई नेकपा एमालेका उम्मदेवार शिवशंकर साह हिराले पछाडी रहेका छन् । हिरालेहालसम्म ७ हजार ६ सय ४ मत प्राप्त गरेका छन् ।

पछिल्लो समय लोसपाका उम्मेदवार मनोज चौधरी र गठबन्धनका उम्मेदवार माथि केहि माथि उक्लिएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतो पाँचौ नम्बरमा पुगेका छन् ।

तेश्रो नम्बरमा लोसपाका मनोज चौधरीले ३ हजार ९ सय ५८ मत पाएका छन् भने चौथो नम्बरमा गठबन्धनका उम्मेदवार लालकिशोर साह ३ हजार ३ सय ६१ मत ल्याएका छन् ।

पाँचौ नम्बरमा स्वतन्त्र उम्मेदवार  ठेकेदार  बलराम महतो ३ हजार ८५ मत  प्राप्त गरेका छन्।

छैठो नम्बरमा स्वतन्त्र उम्मेदवार जानकी राम साहले १ सय ५ सय मत ल्याएका छन् भने सातौं नम्बरमा जनमत पार्टीकी उम्मेदवार अनिता साहले १ हजार १ सय ५८ मत ल्याएकी छन् ।

आठौं स्थानमा तमलोपाकी विभा ठाकुरले ९ सय १० मत ल्याएकी  छन् ।