जनकपुरधाम । धनुषाको  नवनिर्वाचित मेयर र अध्यक्षले शपथ ग्रहण गरेका छन् ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिकाको अष्टावक्र सभाहलमा आयोजित पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिकाका नवनिर्वाचित मेयर र अध्यक्षले शपथ ग्रहण गरेका छ्न्।

पदाधिकारीहरुले  धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले शपथ ग्रहण गराएका छ्न्।

सोमबार साँझ जनकपुरधाम उपमहानगरपालिकाको मत परिणाम आएसँगै जिल्लाको सबै स्थानीय तहको मतगणना सम्पन्न भएको थियो ।

मेयर र अध्यक्षले पालिकाका उपमेयर, उपाध्यक्ष सहित वडाध्यक्ष र सदस्यहरुलाई शपथ लिएका छन् ।