जनकपुरधाम : वर्तमान कुनै पदीय हैसियतामा नरहेका नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि जनकपुरधाममा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकका नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम आज आयोजना गरिएको थियो।

त्यसमा प्रमुख अतिथिको रुपमा कांग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधान मन्त्री निधिलाई नेपाली कांग्रेस पक्षले राखेको छ ।

स्वतन्त्रबाट मेयरमा निर्वाचित मनोज कुमार साहसहित काँग्रेसका निर्वाचित जनप्रतिनिधिले निधिलाई प्रमुख अतिथि बनाएपछि एमालेका नवनिर्वाचित जनप्रतिनिधि विरोध गर्दै शपथ ग्रहण कार्यक्रमलाई एक सूचना निकालेर  बहिस्कार गरेका हुन् ।

284156843_5269303116464907_4742187239071755911_n

284225510_5269303209798231_4165476931795371206_n