जनकपुरधाम, १३ बैशाख । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले बिना दर्ता सञ्चालित अनलाइन सञ्चारमाध्यमहरुलाई कानुनी दायरामा ल्याई लोककल्याणकारी बिज्ञापन लगायतका सेवा सुबिधाहरु उपलब्ध गराउन लागिएको बताएका  छन्।

मधेश प्रदेश आमसञ्चार प्राधिकरणद्वारा शुक्रबार आयोजित अनलाइन सञ्चारमाध्यम दर्ता एंवम् नविकरण तथा कार्यालयको वेबसाइड शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै वहाँले यस्तो बताउनु भएको हो ।

सञ्चारमाध्यमहरुको दत्र्ता अभिलेख तयार पार्ने र त्यसलाई व्यवस्थित बनाउने कार्यलाई सरकारले महत्वका साथ अघि बढाएको उनले बताए ।

प्रदेश सरकारले ल्याएको पत्रकारहरुको स्वास्थ्य बीमा कार्यक्रम पत्रकारहरुको हितमा रहेकाले यसलाई व्यवस्थित बनाउन पत्रकार महासंघ लगायतका सरोकारवालाहरूले सहयोगको आवश्यकता औंल्याएका थिए  ।

मधेशका मिडियाहरूले अब संघीय राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य हुने भन्नुहुँदै मन्त्री साहले न्यून श्रोत साधनका बीच प्राधिकरणले संघीयताको प्रत्याभूति हुने गरि प्रदेशमै अनलाइन दर्ता र नवीकरण थालनी गर्नु सराहनीय रहेको उनले बाताए ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिबहरि भट्टराई, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु कुमारी मिश्रा, महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्ण, जनकपुर टुडे दैनिकका प्रधान सम्पादक बृज कुमार यादव, महासंघ धनुषा अध्यक्ष मनिका झा, टेलिभिजन एसोसिएसन मधेश समितिका अध्यक्ष विष्णु कुँवर लगायले मन्तब्य राखेका थिए ।

सोही अवसरमा मन्त्री साहले दुई जना अन्लाइन संचालकलाई दर्ता प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रम सन्चालन प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंहले गरेका छ्न्।