जनकपुरधाम  । मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदेशको  तेस्रो तथा  देशको १८ औं  शाखाका  रूपमा  मानवसेवा आश्रम शुभारम्भ भएको छ ।

आश्रमका  संस्थापक रामजी अधिकारीको  अध्यक्षतामा  शनिबारका   दिन आयोजित समारोह बिच मधेश प्रदेशका प्रदेश  प्रमुख हरिशंकर मिश्र मानवसेवा आश्रमको  औपचारिक रूपमा समुदघाटन भएको  छ ।

देशको  रोडमा रहेको  तथा  रोडमा राती  विताउदै  बाध्य भएको  गरिव,असहाय तथा  विरामीहरुको  सहयोग गर्ने  आश्रमले  ल्याएर  मानव सेवा गर्ने  मुख्य उदेश्यले  अगाडि  बढ्ने  मानव सेवा आश्रमको जनकपुरधाममा  भएको  स्थापनासंगै  स्वयम् हर्षित हुँदा तथा  सहयोगको अपेक्षाको लागि प्रदेश सरकारपनि  तत्पर रहेको कुरा आश्रमको  समुद्घाटन समारोहमा  प्रदेश प्रमुख मिश्रले बताए ।

जनकपुरधाममा  पहिलो  गणेश पार्टी पैलेश रहेको  भवनमा अनौपचारिक रूपमा  सञ्चालित तथा  करिब २० असहायहरुले  सेवाको  लोभ हुँदा  आश्रमको  समुदघाटन समारोहमा  प्रदेश सरकारको भौतिक पुर्वाधार यातायात मन्त्री रामसरोज यादव,प्रदेशक सांसद रामअशिष यादव,देशक बरिष्ट हास्य कलाकार मनोज गजुरेल,जिल्लाक सि.डी.यो.सुरेन्द्र पौडेल,जनकपुरधाम उपमहानगर पालिकाका उपप्रमुख किशोरी साह,समाजसेवी पवन सिंघानिया,मारवाडी सेवा समितिको  अध्यक्ष निर्मल चौधरी लगायतको  व्यक्तिहरु शुभकामना मन्तब्य राख्दै  जनकपुरधाममा  स्थापित आश्रमको आफ्नो आफ्नो  स्तरबाट  सहयोग गर्ने  प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

जनकपुरधाममा  शनिबार  औपचारिक रूपमा  सञ्चालनमा  आएको  यहि  मानवसेवा आश्रमको  कोडिनेटरको  रूपमा  रीता पोखरेल काब्या सेवा दिदै  आएका छ्न्।