जनकपुरधाम । महोत्तरी जिल्लाको सदरमुकाम स्तिथ जलेश्वर कारागार बाट १३ जना कैदी  रिहा भएका छन ।

गणतंत्र दिवस को अवसर मा १ महिला र १२ पुरुष गरी १३ जना रिहा भएका छन ।

रिहा भएका मध्य ७ जना कर्त्तव्य ज्यान,५ जना सवारी ज्यान र १ नकबजनी चोरी मा जलेश्वर कारागारमा सजाय काटी रहेका थिए ।

यस कारागार मा कर्तव्यं ज्यान मुदा मा सजाय काटी रहेका धनुषा का दुई जना लाई गणतन्त्र दिवस को अवसरमा आम माफी दिई रिहाई गरिएको छ भने ५० प्रतिशत सजाय काटिसकेका ८ जना र ४० प्रतिशत सजाय भुक्तानि गरेका ३ जनाको कैद मिन्हा भई रिहाई भएको छ ।