जनकपुरधान ।  मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहान क्षेत्रमा भएको तारा एयरको विमान दुर्घटनामा एकै परिवारका सात जना रहेको खुलेको छ ।

धनुषाबाट मुक्तिनाथ दर्शनका लागि हिडेका एकै परिवारका सात जना परेपछि धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँ शोकमा डुबेको छ । बिमान दुर्घटनामा १३ जना नेपाली मध्ये सात जना एकै परिवारको रहेको हो ।

उहाँहरुमध्ये ४२ वर्षीय राजनकुमार गोले, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्ग रहनु भएको छ ।

एकै परिवारका उहाँहरु एउटै टोलमा बस्ने सात जना दुर्घटनामा परेसँगै गाउँवासीमा रुवावासी  चलेको छ ।