लहान । सिरहाको सिमरामा एक महिलाले दबंगगिरी देखाएकी छन् । ४५ वर्षीया रेखा सिंह आफै गल्ती गरिन्, तर महिला हुं र पुरुषलाई जेल पठाउन सक्छु भन्दै कुटिएको नाटक गरी अस्पताल भर्ना भएकी छन् ।

घरायसी विवादका कारण ति महिला र सोही ठाउँका दिपेन्द्र सिंहबीच विवाद भएको थियो । उनी नै दिपेन्द्रलाई गालीगलोज गरिन्, कुट्ने प्रयास पनि गरिन् । सो क्रममा दिपेन्द्रले आफ्नो बचाउ गर्दा उदण्डता देखाएकी रेखालाई सामान्य चोट लागेको थियो ।

तर उनी आफूलाई कुटेको बहाना बनाएर प्रहरीमा मुद्दा दर्ता गरी जेल पठाइदिने धम्की दिपेन्द्रलाई दिएकी छन् । उनी घाइते जस्तो नाटक गरी गोलबजारस्थित लङ्गलाईफ हेल्थ केयर सेन्टरमा भर्ना भएकी बुझिएको छ ।

दिपेन्द्र स्वास्थ्यकर्मी हुन् । उनले सामान्य विवाद मात्र भएको तर फसाउने नियतले ति महिला अस्पताल भर्ना भएको बताए । उनका अनुसार रेखाले अनेक कुमारी सिंहलाई कुटपिट गरेकी छन् । उनी गाेलबजारस्थित भुमिजा भुमिजा हस्पिटलमा उपचाररत छन् ।