काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच गोप्य भेटवार्ता भएको छ ।

जानकारी अनुसार मेयरको मतगणना चल्दै गर्दा नवनिर्वाचित मेयर साहले नेकपा एमाले अध्यक्ष ओलीलाई भेट गर्नुभएको थियो ।

अध्यक्ष ओलीलाई बालेनले निवासमा पुगेर भेटेको तस्बिर बाहिर आएको छ । यस भेटबारे अहिलेसम्म दुवै पक्षले कुनै पनि कुरा बाहिर नल्याएका कारण विशेष रुपमा लिइएको हो । भेटका क्रममा बालेनको समूहले लिएको तस्बिर मंगलबार मात्र सार्वजनिक भएको हो ।

यो तस्बिर एमालेकी सांसद शान्ता चौधरीले आफ्नो फेसबुक पेजमार्फत् सार्वजनिक गरेपछि दुई पक्षबीच चुनावी तालमेल भएको हुन सक्ने आशंका गरिएको छ । दुबै पक्षले चुनावको समयमा बालेन पक्षसँग भेट भएको पुष्टि गरेका छन् ।