जीवनशैली । एउटी केटीलाई उसको बुबाले एक दिन आईफोन उपहार दिनुभयो ।

दोस्रो दिन बुवाले छोरीलाई सोध्नुभयो । छोरी आइफोन पाएपछि पहिलो काम के गर्नुभयो ?

  • केटी: मैले स्क्र्याच गार्ड र कभर अर्डर गरे ।
  • बुबा : तिमीलाई यो गर्न कसैले जबरजस्ती गरेको हो ?
  • केटी : होइन, कोही छैन।
  • बुबा : तिमीलाई लाग्दैन कि तिमीले आईफोन निर्माताको अपमान गरेको छौ ?
  • छोरी : होइन तर निर्माता आफैले कभर र स्क्र्याच गार्ड जडान गर्न सल्लाह दिएका छन् ।
  • बुबा : त्यसो भए आइफोन नै नराम्रो देखेको हुनुपर्छ, तब मात्र कभर अर्डर गरेको हो ?
  • केटी : हैइन तर बिगार्नु हुदैन, त्यसैले कभर अर्डर गरेको हो ?
  • बुबा : कभर लगाउनाले आईफोनको सौन्दर्य घट्यो ?
  • केटी : होइन, उल्टो कभर लगाएपछि आइफोन झनै सुन्दर देखिन्छ ।

बाबुले छोरीलाई मायाले हेरेर भने, छोरी तिम्रो शरीर आईफोन भन्दा पनि अनमोल र सुन्दर हो र यो घरको हाम्रो इज्जत हो ।

यो अनमोल अंग लुगाले छोप्दा सुन्दरता झन बढ्छ घट्दैन प्यारी । छोरीसँग बुबाको कुराको जवाफ थिएन, आँखामा आँसु बाहेक अरु केही आएन ।

केटीहरूलाई विनम्र अनुरोध आफ्नो संस्कृति, संस्कार र पहिचान कायम राख्नुहोस्।