काठमाडौं । आफ्नो पाद बेचेर करोडौं कमाएकी एक महिला केही दिनअघि अस्वस्थ भएकी थिइन् । सोही कारण उनी अस्पताल भर्ना हुनुपरेको थियो ।

यो बीचमा आज हामी उनै यूट्यूबर स्टेफनी म्याटियोको बारेमा कुरा गर्न गइरहेका छौँ, जसले आफ्नो कमाईका लागि एक अर्को अनौठो व्यवसाय सुरु गरेकी छिन् ।

एक रिपोर्ट अनुसार ‘९० डे फ्यान्से’ शोमा देखा परेकी म्याटियोले आफ्नो स्तनको पसिना बेचिरहेकी छिन् ।

आफूलाई ‘फार्टेप्रेन्योर’ भनेर चिनाउने ३१ वर्षीया महिलाले आफ्नो पाद अनलाइन बेचेर झण्डै २ करोड २५ लाख रुपैयाँ कमाएकी थिइन् ।

रिपोर्टका अनुसार उनी जारमा पाद भरेर प्रति जार एक लाख २० हजारमा बेच्ने गर्थिन् । पादको बढ्दो मागका कारण, उनले आफ्नो खुराक परिवर्तन गर्नुपरेको थियो ।

थप पाद उत्पादन गर्न, स्टेफनीले हरेक दिन ३ प्रोटिन शेक, अण्डा र एक कचौरा कालो बीन सूप पिउने गर्थिन् । तर सोही डोजका कारण उनी अस्पताल भर्ना हुनुपर्यो । डाक्टरको सल्लाहमा उनले पादको व्यवसायबाट छिट्टै अवकाश लिनुपरेको थियो ।

पसिना निकाल्न कडा परिश्रम गर्नुपर्छ
अहिले स्टेफनी म्याटियो पूर्णतया स्वस्थ छिन् । उनले आफ्नो स्तनबाट निस्केको पसिना बेचेर हरेक दिन ६ लाख ४० हजार भन्दा धेरै रुपैयाँ कमाइरहेकी छिन् । स्टेफनी आफ्नो पसिना बोतलमा भरेर १८ प्लस वेबसाइटमा बिक्रीको लागि राख्ने गर्छिन् ।

आफ्नो अघिल्लो पादको व्यवसायको विपरीत, यसमा पसिना निकाल्न उनले धेरै कडा परिश्रम गर्नु पर्दैन । एक अन्तर्वार्तामा उनले पसिनाका लागि धेरै पानी पिएर घाममा बस्ने गरेको बताएकी थिइन् ।

पसिनाको गन्धले नजिक आएको महसुस गर्छन्
गर्मी हुँदा आफ्नो पसिनाले दिनमा १० बोतल भर्ने र प्रति बोतल ६१ हजार रुपैयाँमा बेच्ने गरेको उनले बताइन् ।

उनको नयाँ व्यवसाय सुरु गर्नुको कारण उनको पसिनाको सुगन्ध वा स्वाद लिएर उनका फ्यानहरूले उनलाई नजिकबाट महसुस गर्न सक्छन् । नयाँ व्यवसाय हेर्दा सजिलो लाग्न सक्छ, तर यसमा धेरै प्रकारका जोखिमहरू पनि छन् ।

पादको व्यवसायबाट सिकेको पाठ

उनी चार घण्टा घाममा बसेर पसिना निकाल्छिन् । तर त्यो उनको स्वास्थ्यको लागि खतरनाक हुन सक्छ ।

तर, आफ्नो अघिल्लो व्यवसायबाट पाठ सिकेको उनको भनाई छ । उनी यसपटक कुनै हतार गरिरहेकी छैनन् ।

उनी भन्छिन्, ‘मेरो शरीरमा कुनै हानि नहोस् भनेर म बुद्धिमानीपूर्वक आफूलाई सही दिशामा लैजान चाहन्छु ।’ यसैले निक्कै सुरक्षित तरिकाले पसिना निकालिरहेकी हुन्छु ।