जलेश्वर । जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री एवम्  प्रदेश सांसद सरोज सिंह कुश्वाहाले एक समारोहकाबीच महोत्तरीको मनरा सिस्वा नगरपालिका -२ भोल्ही  गाउँमा पक्की सडकको शिलान्यास  गरेका  छन्।

उक्त शिलान्यासमा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद सदस्य दिपक झा, जसपा जिल्ला सदस्य सुनिल यादव र नेकपा एमालेकी महिला नेतृ  चन्दु मण्डल,  माओवादी केन्द्रका नेता  रामकिशोर ठाकुरसहितका नेता तथा कार्यकर्ताको उपस्थितिमा  रहेको थियो।

२५ लाखको लागतमा निर्माण गरिएको  पक्की सडक बाट स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएको छ।