जनकपुरधाम : धनुषाको लक्ष्मीनिया गाउँपालिका वाडा नम्बर- ७ का नवनिर्वाचित वडा अध्यक्ष गंगा साहले शुक्रबार आफ्नो पदभार सम्हालेका छन् ।

पुन: निर्वाचित भएका साहले पदभार ग्रहण गर्नु भन्दा पुर्व वडा कार्यलयमा कार्यरत कर्मचारीहरुले स्वागत कार्यक्रमको आयोजना गरेका थिए।

कार्यरत कर्मचारीहरुले फुल माला अबिर र खाधा लगाएर भब्य स्वागत गरेका हुन्।

उक्त कार्यक्रममा लक्ष्मीनियाँ गाउँपालिकाको नव निर्वाचित वडा अध्यक्ष साहसहित नव निर्वाचित सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गदै अध्यक्ष साहले सेवा ग्राहिहरुलाइ सेवा दिन कुनै कसर बाकि नराख्न निर्वाचित जनप्रतिनिधिहरुलाई जानकारी दिएको  थियो।

साथै आसन ग्रहण लगत्तै अध्यक्ष साहले अधुरा कार्यहरुलाइ पुरा गर्ने र सिफारिस वाफतका रसिदहरु निशुल्क गर्ने निर्णय गरेका छन् ।

त्यस्तै लक्ष्मीनियाँ गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित अध्यक्ष वडा- १ का अध्यक्ष दीलिप यादव, २ का लालजी साह, ५ का दुखरण यादव,६ का महाविर यादव र ७ का गंगा साहल एक्कै दिन पद समहालेका हुन् ।

सबै अध्यक्षहरुले आफ्नो आफ्नो नयाँ योजना  र सोचका साथ अगाडिका साथै जनताको माझमा हुने छु भन्दै व्यक्त गरेका छन् ।