जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट ६ र एमालेका २ उम्मेदवार निर्वाचित भएका छन् ।

शनिबार (आज) कार्यपालिका सदस्यको निर्वाचनमा कांग्रेसबाट राकेश विक्रम साह र एमालेबाट संन्तोषकुमार महतो र दिपेन्द्रकुमार साह निर्वाचित भएका हुन् ।

कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका राकेशले सबैभन्दा बढी ८५ मत ल्याएका छन् भने एमालेका दिपेन्द्र ६८ र सन्तोषले ७८ मत ल्याएका हुन् ।

महिला तर्फबाट नेपाली कांग्रेसको प्यानलनै विजयी भएका छन् । भने निर्वाचित हुनेमा फूलकुमारी देवी, मनीषाकुमारी देवी, सारदा पंत, शैलकुमारी चौधरी र संजू रहेका छन् ।

नगरपालिकामा निर्वाचित भएका महिला सदस्य मध्ये पाँच जना महिला र बाहिरबाट तीन जना गरी ८ जनालाई कार्यपालिका सदस्यमा राख्ने संवैधानिक प्रावधान रहेको छ ।

जनकपुर उपमहानगरपालिकामा कूल १२७ मतदाता सदस्य रहेका छन् । कार्यपालिका सदस्यको निर्वाचनमा १२५ जनाले मतदान गरेका थिए ।