जनकपुरधाम, जेष्ठ २० गते।
मैथिली भाषामा महाभारत ग्रन्थ लेख्ने दिव्य पुरुष बुध्दिनाथ झालाई महगंगा आरती गंगासागर, जनकपुरधाममा सम्मान गरिएको छ।

भारत,बिहार नागदह ग्राम निवासी बरिष्ठ साहित्यकार झालाई सेभ हिस्टोरिकल जनकपुरधाम महगंगा आरतीका प्रणेता प्रदेश सांसद रामअशिष यादवले महगंगा आरतीमा सम्मान गर्नुभयो।
महर्षि वेदव्यास द्वारा रचित महाभारत ग्रन्थमा लेखिएको १८ आध्याय जस्तै मैथिली भाषाका प्रकाण्ड विद्वान बुद्धिनाथ झाले मैथिली भाषामा महाभारत ग्रन्थ लेखेका थिए।

देवभूमि जनकपुरधामको पवित्र सरोवर गंगासागरमा संचालित दैनिक महगंगा आरतीमा सहभागी भएर पुन्य प्राप्ति , मनमा शान्ति तथा दिव्य अनुभूति भएको कुरा मैथिली भाषाका प्रकाण्ड विद्वान बुद्धिनाथ झाले बताएका छन्।

सो अवसरमा मैथिली साहित्यकार पर्वा लाई पनि सम्मान गरिएको थियो।