जानकपुरधाम । जनकपुर जेसिसको आयोजनामा शनिबार लक्ष्मीनियाँ गाउँपालिका -२जनकपुर जेसिज द्वारा मेयर श्री भोगेन्द्र झा प्रमूख अतिथि मा नि:शुल्क स्वास्थ्यले लाभ उठाउने भएका छन् ।

शिविरमा ३ सय ७३ जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर कार्यक्रम संयोजक जेसी दीपक गुप्ताले जानकारी गराएका छन् ।

विशेषज्ञ चिकित्सकहरूले स्त्री रोग, हाडजोर्नी, जेनेरल मेडिसिन, दात रोग, गाइनो लगायतको चिकित्सीय सेवा उपलब्ध गराएका थिए ।

सहयोग गर्नेमा नवजीवन हस्पिटल प्रा. लि र जनकपुर डायग्नोस्टिक एन्ड गाइनोलोगिस्टको सहयोगमा 3 सय 73 जना बिरामीको निःशुल्क थाइराईड परीक्षणसमेतले सहयोग गरिएको थियो ।

 

 

 

कार्यक्रम संयोजक गुप्ताका अनुसार यो समूह एक अर्काको व्यवसायलाई सहयोग गर्ने लक्ष्य र सामाजिक सेवामा सक्रिय रहने उद्देश्यसहित स्थापना भएको हो ।

यस निशुलक स्वास्थ्य शिविरमा जेनरल फिजिसियन डा. सन्दिप कुमार कर्न , हडि रोग बिसेसज्ञ डा. अमित रन्जन मिश्र, स्त्री रोग बिसेसज्ञ डा. आर्या झा, शिशु रोग विशेषज्ञ डा.अनिल कुमार साह र दन्त रोग विशेषज्ञ डा.मिशा महासेठले परामर्श सहितको उपचार प्रदान गर्नु भएको थियो ।

सो अवसरमा लक्ष्मीनिया गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्र, वडा अध्यक्ष २ का लालजी साह, जेसी राज कुमार साह लगायतको स्थानीयहरुको उपस्थिततिमा कार्यक्रम