जनकपुरधाम । सार्वजनिक विदाका दिन चलाइएका सरकारी सबारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

विदाका दिन सरकारी सबारी चलाएको पाइएपछि जनकपुरधाम उपमहानगरपालिकाको बिभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ ।

शनिबार र आईतबार दुई दिनमा १४ वटा सरकारी सबारी साधनलाई नियन्त्रणमा लिएको धनुषा ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले बताए ।

प्रहरी निरीक्षक यादवले नियन्त्रणमा लिइएका सबारी साधनलाई कार्यालय खुल्ने दिन मात्र दिने बताएका छन् ।

विदाका दिन सरकारी सबारी साधन गुडेको पाइएपछि त्यसलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेका छन् ।
‘हामीले नियन्त्रणमा लिएको ठाउँ आसपासमै ती सबारी साधनलाई होल्ड गरेर राखेका छौं’ उनले भने, ‘कार्यालय खुल्ने दिन मात्रै सम्बन्धित व्यक्तिलाई बोलाएर जिम्मा लगाउँछौं ।’