जनकपुरधाम, जेष्ठ २३ गते।

दक्ष शैक्षिक जनशक्ति मधेश प्रदेश विकासको मुख्य अधार स्तम्भ रहेको मुल मन्त्रलाई आत्मसात गर्दै धनुषा जिल्ला निर्वाचन क्षेत्र नं २ ‘ख’ को सामुदायिक विद्यालयहरुको भौतिक पुर्वाधार विकास निर्माण कार्य निरन्तर जारी रहेको छ।

शिक्षा सुधार अभियान अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ स्थित श्री निम्न माध्यमिक विद्यालय तेतरियामा विद्यालयको भौतिक पूर्वाधार विकासको प्रयास थालिएको छ।

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवको संसदीय कोषबाट १५ लाख रुपैयाँको लागतमा अधुरो विधालय भवनको निर्माणको कार्य पुरा भएको छ।

शिक्षा सुधार अभियानका परिकल्पनाकार प्रदेश सांसद यादवको परिकल्पना र प्रयासमा धनुषा निर्वाचन क्षेत्र नं २ का विभिन्न बिधालयहरुमा भौतिक पुर्वाधार विकास निर्माण कार्य भइरहेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ मा स्थापित श्री निम्न माध्यमिक विद्यालयमा तेरिया, मनहरपुर,मनिपटी,बेलौनी गाउँ का २ सय ५० भन्दा वालवालिकाहरु नियमित अध्ययन गरिरहेका कुरा विधालय का प्राधानाध्यापक राम सुन्दर कामती ले जानकारी दिए का छन्।