जनकपुरधाम  मधेश प्रदेश सरकारले आगामी आर्थकि वर्षका लागि ३३ अर्बको बजेट ल्याउने तयारी गरेको छ। त्यसअघि छलफलका लागि बुधबार प्रदेश सभामा वनियिोजन वधिेयक पेश गरएिको छ।

बुधबार प्रदेशका आर्थकि मामलिा तथा योजना मन्त्री शैलेन्द्र साहले बजेट पूर्व छलफलका लाग िवनियिोजन वधिेयक प्रदेश सभामा प्रस्तुत गरेका हुन्। वधिेयकमा सामाजकि, आर्थकि र पर्यावरणीय वकिासलाई सन्तुलन हुने गरी नेपाल सरकारले पञ्चवर्षीय योजना मार्फत नर्दिष्टि गरएिको दगिो वकिासका लक्ष्य प्राप्तकिा लागि गरिनै कार्यक्रममा बजेट वनियिोजन गरनिे उद्देश्य राखएिको छ।

मधेश प्रदेशको समष्टगित वकिासका लाग िग्रामीण वकिास अपरहिार्य भएकाले कृषि, स्वास्थ्य र शक्षिा, घरेलु तथा साना उद्योग, भौतकि पूर्वाधार नर्मिाण र सामुदायकि पर्यटन प्रवर्द्धन गर्नमा जोड दइिनेछ।

सरकारले आउने बजेटको उद्देश्यमा मानवीय क्षमता वकिास, लगानी प्रवर्द्धन मार्फत उद्यमशीलता र रोजगारीको अभविृद्ध िगरी गरीबी न्यूनीकरण गर्ने, कृषजिन्य पैदावारको उत्पादन तथा उत्पादकत्व अभविृद्ध िगरी कृषमिा आत्मनर्भिर हुने, भौतकि पूर्वाधार नर्मिाण गरी नागरकिको जीवनस्तरमा सुधार ल्याउने रहेका छन्।

पर्यावरणको संरक्षण र संवर्द्धन गर्ने, समसामयकि कानूनमा परमिार्जन, प्रवधिकिो प्रयोग र संस्थागत सृदृढीकरणद्वारा सेवा प्रवाह प्रणालीलाई प्रभावकारी तथा जनमुखी बनाउने रहेको छ।

वधिेयकमा सरकारले सार्वजनकि क्षेत्रको अनुत्पादक खर्चलाई कटौती गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरनिे नीति ल्याइिएको छ। कानूनमा समसामयकि परमिार्जन गरी सार्वजनकि खर्च प्रणालीलाई थप पारदर्शी र जवाफदेही बनाई वत्तिीय अनुशासन कायम गर्नमा केन्द्रति गर्ने जनाएको छ। प्रदेश सरकारले आउँदो असार १ गते बजेट ल्याउनेछ।

चालू आर्थकि वर्षमा ३३ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले आगामी आर्थकि वर्षमा ३३ देखि ३७ अर्बको बजेट ल्याउने प्रदेश सरकारको तयारी छ।

त्यसै गरी प्रदेश सभाबाट मधेश प्रदेश सरकारले आर्थकि वर्ष २०७९र८० का लागि ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मत पारति भएको छ। बुधबार बसेको प्रदेश सभाको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत पारति गरेको हो।

मुख्यमन्त्री लालबाबु राउतले आर्थकि वर्ष २०७९र८० को प्रदेश सरकारको नीति तथा कार्यक्रम पारति गरयिोस् भनी राखेको प्रस्ताव सर्वसम्मतलिे पारति भएको हो।

सभामुख सरोजकुमार यादवले प्रस्ताव नर्णियार्थ प्रस्तुत गर्दा वपिक्षमा कसैले पनिआवाज उठाएन।