उमेश कुमार साह,

सप्तरी । बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ मधुवनमा बिहीबार दिउँसो चट्याङ लागेर दुई जना पुरुषको मृत्यू भएको छ ।

मृत्यू हुनेमा बोदेबर्साइन वार्ड नम्बर ३ मधुवन गाउँ बस्ने ५५ बर्षीय रामजी यादव र ६५ बर्षीय सत्यनारायण यादव रहेका छन् ।

उनीहरु गाई चराउन खेतमा गएको बेला चट्याङ लागि मृत्यू भएको ईलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।

‘घट्नाबारे जानकारी आएको र थप विवरणका लागि घट्ना स्थल तर्फ जाँदैछु’ प्रहरी निरीक्षक सिंहले भने ।