जनकपुरधाम : लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर-२  मा रहेको बिल्टु रवी दासका २५ वर्षीय छोरा राकेश रवी दासको ठुलो आन्द्रामा क्यान्सर पीडित दासलाई रु ११ हजार ९ सय ११ रुपैयाले  आर्थिक सहयोग गरेको छ।

लक्ष्मीनियाँ सेवा समाज समिति खाडी मुलुकमा कार्यरत कामदारहरु बाट संचालन गरिएकको छ । उक्त संस्था नेपालका अध्यक्ष  शिव कुमार यादवको अध्यक्षतामा भएको खाद्यन्न वितरण कार्यक्रममा अध्यक्ष यादवले आन्द्रामा  क्यासर पिडितलाई केही भए पनि सहयोग होस् भनी आफ्नो क्लबका सदस्यहरुबाट  सहयोग गरेको बताए ।

मानव भएर मानवताको सेवा गर्नुपर्ने कुरामा जोड दिदै यादवले तपाईं हामीहरुको सहयोग थोरै भए पनि सहयोगले उनको ज्यान बच्न सक्ने भएकोले जति सक्दो सहयोग गरिदिनु हुन पनि नेपालका कोषाध्यक्ष रंजीरवी दासले  अनुरोध गरेका छन् ।

खाद्यन्नमा चामल ३० किलो,दाल १ किलो खाने तेल १ लिटर, साबुन लगाउने ४ वटा, लुगाधुने ४ वटा र  आलु ,प्याज, तरकारी लगायत ४ किलो रहेको  थियो ।

समितिले  सहयोगको लागि अपिल गरेका छन् ।
लक्ष्मीनियाँ  गाउँपालिका वडा नम्बर – २  निवासी २५  वर्षीय दासलाई आन्द्रामा क्यान्सर भई हाल उपचारको क्रममा चितवनको भरतपुर अस्पतालमा भइरहेको छ  ।

डाक्टरका अनुसार उनको उपचारको लागि करिब १५  लाख नेपाली रुपैयाँ लाग्ने र अत्ति विपन्न  परिवारका लागि यति ठुलो रकम जुटाउन सम्भव नभएकोले उपचारको लागि कठिन भएका कारण यश अबस्थामा तपाईं हाम्रो सानो सहयोगले उनलाइ नवजीवन पाउन सक्नु हुने भएकोले सम्पुर्ण देश तथा विदेशमा रहको दाजुभाइ तथा दिदी बहिनीहरुमा  सहयोगको लागि हार्दिक अफिल गरेका छन्।

विरामी
राकेश रवी दास

इसेवा : ९८०६३१७३३५
खाता नम्बर : १०३००५०१०५५५१

मेघा बैंक लिमिटेड सपही शाखा