मकवानपुर प्रहरीले ९६ किलो ८४० ग्राम लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका–९ घैराङबाट त्रिभूवन राजपथको चुनियाँ बजार तर्फ आउँदै गरेको ना २ ह ३५३६ नम्बरको अटो चेकजाँचका क्रममा ९६ किलो ८४० ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३० वर्षीय अभिषेक लामा, अटोमा सवार कैलाश गाउँपालिका-९ घैराङग बस्ने ३७ वर्षीय ज्ञानबहादुर गोले र सोही ठाउँ बस्‍ने ४९ वर्षीय चन्द्र लामा रहेका छन् ।

पक्राउ परेकाहरु उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।