जनकपुरधाम । जानकी मन्दिरका महन्थ रामतपेश्वर बैष्णवले निकाय जानकी मन्दिरलाई भ्रष्टाचार गर्ने थलो बनाएको आरोप लगाएका छन्।

मधेश प्रदेश सरकारको मुख्यमन्त्री स्वच्छता कार्यक्रम अन्तर्गत भएको जानकी मन्दिर सौन्दर्यकरण र वृहत्तर क्षेत्र विकास परिषदबाट मन्दिरमा जडान भएको लाइटमा भ्रष्टाचार गरेको उनले यस्तो  आरोप लगाएका हुन् ।

मन्दिर सौन्दर्यकरणमा मेधश सरकारले टाइल्स मार्वल, मर्मत लगायतको सौन्दर्यकरण लागि ७ करोड २० लाख छुट्याएको थियो।

महन्थ दासले सौन्दर्यकरणको काम अन्तिम चरणमा छ। प्रदेश  सरकारबाट जडान भएको टाइल्स मार्वल थुप्रै ठाउँमा फुटिसकेको र फुट्ने क्रम जारी नै  रहेको बताउँदै नराम्रो  सामग्री प्रयोग गरेर भ्रष्टाचार भएको आरोप लगाए।

आर्थिक वर्षमा वृहत्तर जनकपुर क्षेत्र विकार  परिषदले ११ करोड रुपैयाँको लागतमा मन्दिरभरी आकर्षक र झिलिमीलि जस्तो  देखिने लाइट जडान गरेको थियो। सो लाइट दुई महिना पनि  नबलेको महन्थ दासको गुनासो छ।

‘जानकी मन्दिरको नाममा लुट्ने काम  होइन। वृहत्तरले ११ करोडमा जडान गरेको विजुली लाइट मिस्त्रीले भने अनुसार १ डेढ महिनामै सबै खराब भइसकेको छ। बल्ने लायक नरहेको महन्थ दासले बताए ।

पटक पटक ठीक गर्न आग्रह गर्दा वृहत्तर मिस्त्री नआएको बहाना लगाएर पन्छिरहेको उनको भनाई छ । मधेश सरकारले सौन्दर्यकरणको नाममा गरेको हालत उस्तै रहेको गुनासो गरे ।

कुनै निकाय काम गर्न आउँदा पनि मन्दिरसंग कुनै समन्वय र छलफल नै नगरी मन्दिरको पुरातत्वमा असर पर्ने गरी नराम्रो  काम गर्ने गरेको महन्थ दासले बताए ।

‘‘म ती निकायहरुसँग आग्रह गर्छु। जे काम गर्नु छ हामीसँग पनि छलफल गरेर राम्रो काम गर्नुस्। मेरो आग्रह छ जानकी मन्दिरमा सौन्दर्यकरणको नाममा भ्रष्टाचार नगर्नुस्।, महन्थ दासले भने ।