महोत्तरी। महोत्तरीको बर्दिबासमा कपाल दाही काटने सैलुनको आडमा लागुऔषध कारोवार भएको खुलासा भएको छ ।बर्दिबास नगरपालिका १ स्थित जेन्स ह्यान्सम पार्लबाट २ प्रकारका प्रतिवन्धि लागुऔषध वारामद गरेको प्रहरी जनाएको छ ।

 

विगत केही समयदेखि उक्त पार्लरमा अवांक्षि गतिविधि बढेको सूचनाको आधारमा विहिबार अपरान्ह बर्दिबास प्रहरीले छापा मार्दा सीसाको र्‍याकमाथि वोराले छोपेर राखेको अवस्थामा लागुऔषध फेला परेको थियो ।

 

 

ईलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी रवि रावलका अनुसार वरामद भएका लागुऔषमा सय एमएलको कोडिन फोसफेट एण्ड क्लरोफेन्रामाईन मिलेट सिरप १२ बोतल फेला परेको छ ।

 

पार्लरबाट सोही नामको लागुऔषधका २४वटा खाली वोतलसमेत वरामद गरेको डिएसपी रावलले बताए ।

 

खाली वोतल दुब्र्यसीनले सेवन गरेर छाडेको प्रहरी अनुमान छ । शंका र सुराकीको आधारमा प्रहरीले ४१ वर्षिय पार्लर संचालक सत्रुधन ठाकुरको शरिर तलासी गर्दा उनले लगाएको प्यान्टको दाहिजेपट्टीको खल्तिबाट २ पत्तामा रहेको १८ क्याप्सुल लागुऔषध स्पास्मो प्रोक्सीभोन प्लस वरामद भएको थियो ।

 

ठाकुर बर्दिबास नगरपालिका २ लच्का टोलका बसिन्दा हुन् । प्रहरीले वरामद लागुऔषधसहित ठाकुरलाई नियत्रणमा लिएको छ ।