जनकपुरधाम । मधेश प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले २५ लाखको लागतमा साढा सडक शिलान्यास गरेका छन्।

शनिबार मनरा सिस्वा नगरपालिका ४ मा सढक ढलान कार्यक्रममा प्रमुख अतिथि पुर्व स्वास्थ तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव र विशिष्ट अतिथि मधेश प्रदेशका पुर्व कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले संयुक्त सडकको शिलान्यास गरेका छ्न्।

उक्त कार्यक्रममा संघीय परिषद् सदस्य दिपक झा ( गुडु) , वडा अध्यक्ष चन्द्रभुषन मवरड, जसपा वडा समिति अध्यक्ष सुशील यादव, डा. अञ्जलि झा, लगायत स्थानीयको उपस्थिति रहेको थियो ।