जनकपुरधाम । नेपाल सरकारले राष्ट्रिय समाचार समिति (रासस) को रिक्त कार्यकारी अध्यक्ष पदमा  पत्रकार धर्मेन्द्र झालाई नियुक्त गरेको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले उहाँलाई चारवर्षे कार्यकालका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्षसमेत रहनुभएका झाले २०४३ सालदेखि पत्रकारिता सुरु गर्नुभएको हो ।

पत्रकार झाले नेपाली मूलधारको पत्रकारितामा लामो अनुभव सँगाल्नुका साथै उनी  नेपाली पत्रकारितामा अनुभवी प्रशिक्षक र सूचनाको हकको राष्ट्रिय अभियन्तासमेत छन् ।