उमेश कुमार साह : असार ७ मंगलबार
बोदे बर्साइन । “स्वास्थ्यका लागि योग” भन्ने मुल नाराका साथ नगर पतंजली योग समिति बोदे बर्साईनले आठौं अन्तराष्ट्रिय योग दिवस मनाएको छ । मंगलबार बोदे बर्साईन नगरपालिका -५ स्थित योगाभ्यास केन्द्रमा भएको कार्यक्रममा योगको महत्व दर्शाउँदै दिवस मनाइएको हो । कार्यक्रममा नगर पतञ्जली योग समितीका अध्यक्ष संजीव कुमार अग्रवालले तन र मनको जोड नै योग भएको बताए ।उनले शरीरलाई स्वस्थ एवं तन्दुरुस्त राख्नको लागि गरिने केही आशनहरुलाई योग भनेर बुझिने गरेको भन्दै वास्तविक योग तन र मनको एकत्रीत रुप भएको बताए । “कुनै धर्म र जातको आधारमा योगले भिन्नता राख्दैन”-उनले भने-“अहिले कोरोनो भाइरसले विश्वलाई नै आक्रान्त तुल्याएको अवस्थामा नियमित योग तथा ध्यान गर्दा शरीरमा शक्ति मिल्छ,यसले कोरोना विरुद्ध लड्न फाइदा पुग्छ ।“ नगर पतञ्जली योग समितिकाका अध्यक्ष अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा नगर पतंजली योग समितीका मन्त्री सुरेन्द्र प्रसाद साह , नगर समितीका प्रतिनिधि आशा कुमारी साह , राजब्बलव साह , मायाशन्कर साह , बोदे बर्साईन नगरपालिकाका स्वास्थ संयोजक तथा नगर समितीका प्रतिनिधि बैजनाथ साह लगायतले योग दिवसको शुभकामना दिदै योगको महत्व र फाइदाबारे बोलेका थिए । सो अवसरमा पतञ्जली योग समिति नेपालले निर्देशन गरेको प्रोटोकल बमोजिमका योग सम्बन्धी आशन र प्राणायामहरु प्रमुख प्रशिक्षक नगर अध्यक्ष संजीव कुमार अग्रवाल र नगर प्रतिनिधि शैलेन्द्र साहले प्रस्तुत गरेका थिए ।आज बोदे बर्साईन लगायत खडक नगरपालिकाको कल्याणपुरमा पनि कार्यक्रम मनाएको नगर अध्यक्ष अग्रवालले बताए ।
Discussion about this post